चुनाव जित्नेमा ढुक्क छु : ऊर्जामन्त्री भुसाल

चुनाव जित्नेमा ढुक्क छु : ऊर्जामन्त्री भुसाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले आसन्न प्रतिनिधिसभाको निर्वाचमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताएकी छन् ।

आइतबार ललितपुर निर्वाचन क्षेत्र नम्बर-३ को चुनावी घरदैलो कार्यक्रममा बोल्दै उनले यस क्षेत्रबाट आफू यसअघि पनि दुईपटक विजयी भइसकेको उल्लेख गर्दै यसपटक पनि विजयी हुनेमा विश्वस्त रहेको बताइन् ।

उनले आफूले ललितपुर निर्वाचन क्षेत्र नम्बर-३ का जनताको लागि राम्रा कामहरू गरेकाले पराजय भोग्नुपर्ने अवस्था नआउने दाबी समेत गरिन् । मन्त्री भुसालले घरदैलो कार्यक्रममा आम मतदाताहरू सत्ता गठबन्धन र विशेषगरी आफूसँग खुसी र सन्तुष्ट रहेको बताइन् ।

आसन्न निर्वाचनलाई लक्षित गरी विभिन्न क्षेत्रका प्रतिनिधि र प्रदेशसभा उमेदवारहरूले आफ्नो प्रचारप्रसारका लागि यतिबेला घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । आम मतदाताको घरमा पुगेर उम्मेदवारहरू आफूलाई भोट माग्न
लागिपरेका छन् ।