काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी-विदेशी प्रतिक्रियावादी शक्ति मिलेर एमालेविरुद्ध मोर्चावन्दी र घेरावन्दी गरिरहेका बताएका छन् ।
आइतबार सुर्खेतको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशी विदेशी शक्ति मिलेर एमालेलाई कमजोर पार्ने प्रयास गरिएको तर एमाले कमजोर नहुने दावी गरे ।
उनले देश बचाउने, देशको सार्वभौम सत्ता जोगाउने बलियो राष्ट्रिय शक्ति बनाउन जरुरी रहेको भन्दै गठबन्धनले छुट्टाछुट्टै घोषणापत्र ल्याएर जनता छक्कयाउन र अल्मल्याउन लागि परेको बताए ।
उनले भने, एमालेलाई घेराबन्दी गर्न खोजिरहेका छन् । तर, मैले भन्ने गरेको छु । सयवटा स्यालले पनि एउटा सिंहलाई घेराबन्दी गर्न सक्दैन । एमालेलाई समाप्त पार्ने षड्यन्त्रले मुखमा नअटाउने जवाफ दिन्छन् ।’
गठबन्धनको कुनै लक्ष्य नभएको टिप्पणी गरे । एउटै घोषणापत्र ल्याउन नसक्नेले देशको विकास गर्छु भन्ने भ्रममा नपर्न ओलीको आग्रह थियो । गठबन्धन दलले छुट्टाछुट्टै कार्यक्रम ल्याएर जनतामा भ्रम फैलाउन खोजेको जिकिर गरे ।




प्रतिक्रिया