एजेन्सी – युक्रेनको खेरसन क्षेत्रको नोभा काखोभकामा रुसी अधिकारीहरू मंगलबार युक्रेनको एक शहरबाट पछि हटेको बताएका छन् । उनीहरू र युक्रेनी सेनाबीच गोली हानाहान भएको बताइएको छ ।
“नोभा काखोभका राज्य प्रशासनका कर्मचारीहरू,साथै राज्य र नगरपालिका संस्थाहरूले शहर छोडेका छन् र यस क्षेत्रका सुरक्षित स्थानहरूमा सारिएका छन्,” मस्को-स्थापित अधिकारीहरूले टेलिग्राममा भनेका छन् ।




प्रतिक्रिया