युक्रेनले पोल्याण्डमा मिसाइल खसालेको अमेरिकाको आरोप

युक्रेनले पोल्याण्डमा मिसाइल खसालेको अमेरिकाको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – रुस–युक्रेन युद्धका बीच पोल्याण्डमा मिसाइल खसेपछि विश्वमा त्रास फैलिएको छ । नाटोका सदस्य राष्ट्रहरू झुक्किएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसमाथि कडा आरोप लगाएका छन् तर अमेरिकाले अहिले जे खुलासा गरेको छ त्यो युक्रेनी राष्ट्रपतिका लागि लज्जास्पदभन्दा कम छैन ।

अमेरिकी अधिकारीहरुका अनुसार प्रारम्भिक अनुसन्धानले पोल्याण्डमा खसेको मिसाइल युक्रेनी सेनाले रुसी मिसाइलको जवाफमा प्रहार गरेको देखाएको छ । युक्रेनको सिमाना नजिक पूर्वी पोल्याण्डको एक गाउँ प्र्जेवोडोमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको अग्निनियन्त्रकहरूले बताएका छन् ।

ह्वाइट हाउसले पनि पोल्याण्डबाट आएका रिपोर्टहरू पुष्टि गर्न नसकिने र थप जानकारी संकलन गर्न पोल्यान्ड सरकारसँग काम गरिरहेको जनाएको छ ।