पूर्वडिआइजी मल्ल भन्छन्– प्रहरीभित्र डरलाग्दो राजनीतीकरण

पूर्वडिआइजी मल्ल भन्छन्– प्रहरीभित्र डरलाग्दो राजनीतीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीले राजनीतिक हस्तक्षेपका कारण प्रहरीले स्वतन्त्र रूपमा काम गर्न सक्ने वातावरण नै नरहेको खुलासा गरेका छन्।

प्रहरी संगठनभित्र मौलाएको राजनीतीकरणले गर्दा प्रहरीमा पेसाप्रतिको दक्षता, इमानदारी र समर्पण कम हुँदै गएको उनको टिप्पणी छ।

नयाँ पत्रिकाको मंगलबारको अंकमा ‘समाजमा अपराध बढ्नुका ६ कारण’ शीर्षकमा लेख लेखेका पूर्वडिआइजी मल्लले पहिलो जनआन्दोलनपछि निर्वाचित सरकार अस्तित्वमा आएदेखि प्रहरीभित्र बिस्तारै राजनीतीकरण सुरु भएको र त्यो राजनीतिक हस्तक्षेप अहिले झनै डरलाग्दो गरी बढेर गएको उल्लेख गरेका छन्।

‘सरुवा, बढुवा र वृत्तिविकासका हरेक पक्षमा राजनीतिले प्रभाव पार्ने भएपछि प्रहरीभित्र सांगठनिक दायित्व सशक्त रूपमा पूरा गर्ने्तिरभन्दा पनि जसरी हुन्छ, राजनीतिक नेतृत्वलाई रिझाउनेतर्फ प्रहरी अधिकारीको ध्यान जाने गरेको देखिन्छ,’ उनले अगाडि लेखेका छन्, ‘आफ्नो कामप्रतिको इमानदारीले भन्दा राजनीतिक नेतृत्वको चाकरीले माथि पुग्न सजिलो हुने भएपछि प्रहरीको ध्यान शान्ति–सुरक्षा, अपराध न्यूनीकरण र रोकथामतिर कम जान थालेको हो कि जस्तो प्रतीत हुन्छ ।’