भक्तपुर-२ थापा र बस्नेतबीच कडा टक्कर, कसको कति मत ?

भक्तपुर-२ थापा र बस्नेतबीच कडा टक्कर, कसको कति मत ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – प्रतिनिधिसभाअन्तर्गत भक्तपुर २ मा कांग्रेस उम्मेदवार दुर्लभ थापा र एमाले उम्मेदवार महेश बस्नेतबीच कडा प्रतिस्पर्धा छ । थापाले सुरुदेखि नै अग्रता लिइरहेका छन् ।

मंगलबार दिउँसो साढे १ बजेसम्मको मतगणनाअनुसार थापाले १४०९६ मत पाएका छन् । एमालेका बस्नेतले १३०४३ मत प्राप्त गरेका छन् । थापा र बस्नेतबीच १०५३ मतको अन्तर छ ।