नागरिकता प्रकरण: रवि लामिछानेले निर्वाचन आयोगलाई बुझाए स्पष्टीकरण

नागरिकता प्रकरण: रवि लामिछानेले निर्वाचन आयोगलाई बुझाए स्पष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नागरिकता प्रकरणमा चितवन क्षेत्र नं. २ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकताको विषयमा निर्वाचन आयोगलाई स्पष्टीकरण बुझाएका छन् । नागरिकता सम्बन्धी उजुरी परेपछि लामिछानेले मंगलबार आयोगलाई स्पष्टीकरण बुझाएका हुन् ।

विदेशी नागरिकता लिएका कारण खारेज भएको नेपाली नागरिकता पेश गरेर उम्मेदवारी दर्ता गराएको भन्दै उनको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ७ दिन समय दिएर रविलाई स्पष्टीकरण पेश गर्न भनेको थियो ।

लामिछानेले उक्त विषयमा आज सातौं दिन स्पष्टीकरण बुझाएको चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।नागरिकताको विषयलाई लिएर रविको उम्मेदवारी खारेजिको माग गर्दै उजुरी परेपछि उनले पहिला नै टुंगिएको विषयलाई लिएर भ्रम फैलाउन खोजेको बताएका थिए ।