चितवन-२ मा रविले बढाए मतान्तर, १७ सयभन्दा बढी मतको अग्रता

चितवन-२ मा रविले बढाए मतान्तर, १७ सयभन्दा बढी मतको अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७ सयभन्दा बढी मतले अग्रता लिएका छन् ।

नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेललाई पछि पार्दै लामिछानेले एक हजार ७६४ मतले अग्रता लिएका हुन् । यो क्षेत्रको १६ हजार २२० मत गणना गर्दा लामिछानेले ६ हजार ४०१ मत पाएका छन् ।

पोखरेलको ४ हजार ६३७ मत रहेको छ । यस्तै सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ ४ हजार १६५ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।