भारतमा बिमस्टेक राष्ट्रहरूको सैन्य अभ्यास किन हुँदैछ ? मोदीले गरे यस्तो खुलासा

भारतमा बिमस्टेक राष्ट्रहरूको सैन्य अभ्यास किन हुँदैछ ? मोदीले गरे यस्तो खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– बिमस्टेकको चौथो शिखर सम्मेलन पश्चात भारतमा संयुक्त सैन्य अभ्यासको तयारी छ।

बिमस्टेकको दुई सातापछि भारतको पुणेस्थित कवाज मैदानमा सातै देशका सेनापतिसहित संयुक्त सैन्य अभ्यासको तयारी छ। भारतीय सेनापतिको निमन्त्रणाअनुसार नेपालले पनि मन्त्रिपरिषद्बाट नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापाको भ्रमण स्वीकृत गराइँदैछ।

बिमस्टेकका विभिन्न अवधारणामध्ये आतंकवाद नियन्त्रण, विपद् व्यवस्थापन र बहुराष्ट्रिय संगठित अपराध नियन्त्रण रहेकोमा भारतले संयुक्त सैन्य अभ्यासको प्रस्ताव गरेको हो।

बिहीबार बिमस्टेकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक राष्ट्रहरु सामूहिक सैन्य अभ्यास गर्ने प्रस्ताव राख्नुका साथै आतंकवादबिरुद्ध मिलेर काम गर्नुपर्ने पनि बताए।

नेपालले यसअघि भारत र संयुक्त राज्य अमेरिकासँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ, भने चीनसँग पनि गत वर्षबाट अभ्यास थालिएको छ।

नशालु पदार्थसँग सम्बन्धित विषयमा रहेर बिमस्टेक फ्रेमवर्कमा रहेर भारत एक सम्मेलनको आयोजना गर्न तयार रहेको मोदीले बताए।