सुकुम्वासीलाई कहिलेसम्म उठिबासको त्रास ?

सुकुम्वासीलाई कहिलेसम्म उठिबासको त्रास ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीहरूले प्रदर्शन गरेका छन् । सोमबार उनीहरूले माइतीघर मण्डलादेखि नयाँ वानेश्वर चोकसम्म विरोध र्‍यालीको आयोजना गरेका हुन् ।

उनीहरूले सरकारसँग सामाजिक न्याय, जमिनमाथिको अधिकार सुनिश्चतता, भूमीहिनहरुको सुरक्षित बसोवास व्यवस्थापन गर्नुपर्ने दावी गरे । त्यस्तै प्रदर्शनकारीले थापाथलीस्थित काठमाण्डु महानगरपालिकाले डोजर चलाउन खोज्दा आक्रमण गर्नेहरुमाथि महानगरले दिएको जाहेरी फिर्ता लिन पनि माग गरेका छन् ।