काठमाण्डु- बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ । निर्वाचनको मतपरिणामको समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनकोे बैठक बसेको हो ।
बैठकमा नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, पार्टी उपसभापति पूर्णबहादुर खड्का र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन्।
त्यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दााहल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र महासचिव बेदुराम भुसाल सहभागी छन् भने जनमोर्चाबाट दुर्गा पौडेल सहभागी छन्।
गठबन्धनका शीर्ष नेताहरूबीच अनौपचारिक छलफल भए पनि आजको बैठकले सरकार गठनका लागि ठोस निर्णय गर्ने बताइएको छ।




प्रतिक्रिया