काठमाण्डु – नेपाली कांग्रेसका नेता एवं काठमाण्डु १ बाट निर्वाचित सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनालाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले काठमाण्डुको खानेपानी समस्या समाधानका लागि मेलम्ची आयोजनालाई दीर्घकालीन रुपमा अगाडि बढाउनुपर्ने स्थलगत निरीक्षणपछि आवश्यकता महसुस गरेको र त्यसमा सरकारको भूमिका प्रभावकारी रहनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनले मेलम्चीको खानेपानीको विषयलाई लिएर सरकारले तत्कल कदम चाल्नुपर्ने आवश्यकताबारे जानकारी पनि गराएका छन् ।
नेता सिंहले मेलम्चीको पानी काठमाडौं ल्याउन सरकारले देखाएको अग्रसरता र पहलकदमीप्रति काठमाडौंवासी आभारी रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।




प्रतिक्रिया