सरकारले महाकाली घटनामा भारतलाई पठायो कूटनीतिक नोट

सरकारले महाकाली घटनामा भारतलाई पठायो कूटनीतिक नोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले महाकाली नदीमा भारतले गरिरहेको एकतर्फी तटबन्धका सम्बन्धमा कूटनीतिक नोट पठाएको छ ।

भारतले महाकाली नदीको धार नेपाली बस्तीतिर फर्काएर अनधिकृत संरचना बनाएको र चारजना नेपालीमाथि ढुंगा प्रहार गरेको विषयमा भारत सरकारलाई कूटनीतिक नोट पठाएको हाे ।

सो सम्बन्धमा नेपालको धारणासहितको कूटनीतिक नोट पठाइएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पुष्टि गरिन् ।

मंगलबार परराष्ट्र मन्त्रालयले लैनचौरस्थित भारतीय दूतावासमार्फत् कूटनीतिक नोट नयाँदिल्लीस्थित विदेश मन्त्रालयलाई पठाएको हो । उक्त कूटनीतिक नोटमा नेपालले भारतलाई तीनवटा कुरामा ध्यान दिएर मात्रै सीमाक्षेत्रमा गतिविधि गर्न सचेत गराएको छ।

दार्चुलामा त्यस्ता घटना दोहोरिन नदिन, भारतलाई एकतर्फी संरचना बनाउन नदिन र बनाउनै परे दुवै देशका प्राविधिक टोलीबाट अध्ययन गरेर तथा सहमति कायम गर्नका लागि पहल गर्न अनुरोध गरिएको छ।