भदौ २५ मा सैन्य अभ्यासको मिती तय,प्रधानसेनापति भारत जांदै

भदौ २५ मा सैन्य अभ्यासको मिती तय,प्रधानसेनापति भारत जांदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रका सैनिकबीच हुने सैन्य अभ्यासको मिती तय भएको छ । एक साता लामो सैन्य अभ्यास पहिलो पटक भारतको पुनेमा हुने भएको हो । सैनिक प्रवक्ता सहायकरथी गोकुल भाण्डारीले सैन्य अभ्यास भदौ २५ देखि ३१ सम्म हुने बताए । उक्त अभ्यासमा नेपालबाट ३० जना सैनिक सहभागिता रहने टुंगो लागेको छ ।

सदस्य राष्ट्रका सैनिकको पहिलो पटक हुन लागेको उक्त संयुक्त अभ्यास प्रतिआतङ्कवाद र विपद् व्यवस्थापन विषयमा केन्द्रित रहने जनाइएको छ । बिमस्टेकलाई आर्थीक सम्बन्ध विस्तारमा उपयोग गर्नुपर्ने सुझाव विज्ञहरुले दिइरहेको बेला सैन्य अभ्यासमा जोड दिनुको पछाडी भारतको रणनितीक स्वार्थले काम गरेको कतिपयको आरोप छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बिमस्टेक सम्मेलनको उदघाटनमा सैन्य अभ्यासको मुद्दालाई महत्वका साथ उठाएका थिए ।

सैन्य अभ्यासको माध्यमबाट एक अर्का मुलुकका सेनाबीच घुलमिल हुन, क्षमता बुझन, विपद्को समयमा मिलेर खोज तलास गर्न, उद्धार र राहतको जिम्मेवारी पूरा गर्न सजिलो हुने दावी कतिपय सुरक्षाविदहरुको छ । उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा समेत भारत जाने कार्यक्रम छ ।

पछिल्ला समयमा विपद् व्यवस्थापन र प्रतिआतङ्कवादका विषयमा केन्द्रित रहेर नेपाली सेनाले चीन,अमेरिका र भारतका सेनासंगा संयुक्त अभ्यास गर्दै आएको छ ।