काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्लाहीमा भएको अन्तर्घातका विषयमा दुवै पक्षसँग छलफल गरेका छन् ।
बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुवै पक्षका नेताहरुसँग चुनावमा भएको अन्तर्घातका विषयमा प्रचण्डले छलफल गरेका हुन् ।
जअनुसार प्रचण्डले पार्टी पोलिटब्युरो सदस्य रामेश्वर राययादव,अच्युतम काफ्ले, प्रदेश इन्चार्ज गणेश साह, हरिवन, बाग्मती, बरहथवा नगरपालिका कमिटीका नेता लगायत जिल्ला कमिटीमा भएका नेतासँग छलफल गरेका हुन् । त्यस्तै प्रचण्डले पार्टीमा अन्तर्घात गर्नेहरूको विषयमा कमिटी बनाएर छानबिन गर्ने दावी गरेका छन् ।




प्रतिक्रिया