जनमत पार्टीबाट पांच जना सांसद बन्ने, यी हुन् नाम सिफारीस भएका सांसदहरु

जनमत पार्टीबाट पांच जना सांसद बन्ने, यी हुन् नाम सिफारीस भएका सांसदहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको नाम छनोट गरेको छ । बिहीबार बसेको जनमत पार्टीको केन्द्रीय समिति बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।

जनमत पार्टीका अध्यक्ष सिके रावतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै निर्वाचित भएका थिए । उनको जितसंगै जनमत पार्टी पहिलो आम चुनावबाटै राष्ट्रिय पार्टी बन्न सफल भइसकेको छ ।

जनमत पार्टीले अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई सांसद बनाउने गरेको हो । उक्त पार्टीले पांचै जनाको नामलाई निर्वाचन आयोगमा पठाउने तयारी गरेको छ ।