काठमाण्डु – भारतको गुजरातमा भारतीय जनता पार्टी (भाजपा) ले १५६ सिट जितेर नयाँ कीर्तिमान बनाएको छ । डिसेम्बर १ र ५ मा दुई चरणमा भएको निर्वाचनको मतपरिणाम आज सार्वजनिक भएको हो ।
जसमा भाजपाले १५६ सिट जित्दा कांग्रेसले १७ तथा आम आदमी पार्टीले ५ स्थानमा जित हासिल गर्यो । कांग्रेसले सन् १९८५ मा माधव सिंह सोलंकीको नेतृत्वमा १४९ सिट जितेको थियो । त्यस्तै २००२ को चुनावमा नरेन्द्र मोदी मुख्यमन्त्री हुँदा भाजपाले १२७ सिट जितेको थियो । यो जितसँगै भाजपाले दुवै रेकर्ड तोडेको छ ।
मुख्यमन्त्री भूपेन्द्र पटेलले विधानसभा चुनावको जनादेश अब स्पष्ट भएकाले त्यहाँका जनताले दुई दशकदेखि चलिरहेको गुजरातको विकास यात्रालाई निरन्तरता दिएको बताएका छन्।




प्रतिक्रिया