भियना – नेपाल नार्कोटिक ड्रग्स आयोग (सिएनडी) को उपाध्यक्षमा निर्वाचित भएको छ । भियनास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको उप स्थायी प्रतिनिधी डा. इला मैनाली आयोगको सन् २०२३ को लागि हुने ६६ औं सत्रको उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
मैनालीले ब्युरोमा एसिया प्रशान्त समूहको प्रतिनिधित्व गर्नेछिन् । यो पदमा नेपालबाट प्रतिनिधि निर्वाचित भएको यो पहिलो पटक हो ।
सिएनडी संयुक्त राष्ट्रसंघ प्रणाली भित्रको केन्द्रीय औषधि नीति बनाउने निकाय हो । नेपाल २०२० –२०२३ को अवधिका लागि यस आयोगको सदस्यका रुपमा यसअघि नै चुनिएको थियो ।




प्रतिक्रिया