सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहा गर्नुपर्ने नागरिक उन्मुक्ति पार्टी सर्त

सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहा गर्नुपर्ने नागरिक उन्मुक्ति पार्टी सर्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन भए सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

आज काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायत जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

रेशमसहितका नेताहरूलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय भएको पार्टीका महासचिव रतन थापाले बताए । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तीन सिट जितेको छ ।