दलहरूले संसदीय दलको नेता छानेपछि मात्र सरकार गठनबारे छलफल हन्छ: प्रचण्ड

दलहरूले संसदीय दलको नेता छानेपछि मात्र सरकार गठनबारे छलफल हन्छ: प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीहरुले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताएका छन् ।

उनले निर्वाचनको मत परिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पेश गरेपछि दलहरूले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया शुरु हुने उल्लेख गर्दै त्यसपछि मात्रै सरकार गठनबारे छलफल हुने बताएका हुन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘अब निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमा यो निर्वाचितहरुको लिष्ट बुझाएपछि, संसदीय दलको नेता चुनिएपछि मात्रै सरकारबारे छलफल हुन्छ ।’

प्रचण्ड आफैं सत्तारुढ दलको तर्फबाट सरकारको नेतृत्वको लागि इच्छुक छन् । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा नयाँ सरकारको नेतृत्वको स्वभाविक दाबेदार हुन् ।

कांग्रेसभित्र सरकारको नेतृत्व लिनका लागि महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री बन्नका लागि राजनीतिक भेटवार्तालाई तीव्रता दिइरहेका छन् ।