काठमाण्डु – नेकपा माओवादी केन्द्रले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रले शनिवार १४ जना सांसदको टुंगो लगाएको हो ।
जसमा दुई जना पुरुष र १२ जना महिला रहेका छन् । प्रत्यक्षमा माओवादीले १८ सिट जितेको थियो भने समानुपातिकमा मतको आधारमा १४ सिट पाएको हो ।
माओवादी केन्द्रले पुरुषतर्फ खसआर्यमा सचिव हितराज पाण्डे र दलितबाट रणेन्द्र बरालीलाई सांसद बनाएको छ ।
यस्तो छ सूची
आदिवासी जनजाति महिला
दुर्गा राई
मिना तामाङ
उर्मिला माझी पौडेल
छिरिङ ल्यामु लामा तामाङ
खस आर्य
हितराज पाण्डे (पुरुष)
महिला
ज्ञानु बस्नेत सुवेदी
विमला सुवेदी
नारायणी शर्मा
रुपासोसी चौधरी (थारु)
दलित
रणेन्द्र बराली
सुशीला श्रीपाली ठकुरी
मधेशी
मीना यादव
अमरावती देवी यादव
पिछडिएको क्षेत्र
कल्पना मिया




प्रतिक्रिया