राप्रपामा बुद्धिमान र पशुपतिशमशेर ‘इन’, लोहनी सांसद बन्नबाट बंचित

राप्रपामा बुद्धिमान र पशुपतिशमशेर ‘इन’, लोहनी सांसद बन्नबाट बंचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुंगो लगाएको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले ७ जनाको नाम टुंगो लगाएको हो । राप्रपाबाट ५ महिला र दुई पुरुष समानुपातिक सांसद बन्ने भएका हुन् ।

राप्रपाले खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत जनजातिबाट समुदायबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशीबाट बिना जयसवाल र दलितबाट अनिशा नेपालीको नाममा निर्णय भएको हो । तर,राप्रपाले अहिलेसम्म नाम सार्वजनिक भने गरेको छैन् ।

राप्रपामा जनजातिबाट तामाङ, खस आर्य कलस्टरको दोस्रो नम्बरमा रहेका पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनी र मधेशी क्लस्टरको पहिलो नम्बरमा रहेका प्रल्हाद साहमध्ये कसलाई पठाउने भन्नेमा विवाद थियो । तर, शनिवार बसेको कार्यसम्पादन समितिको बैठकले तामाङको नाममा निर्णय गरेपछि लोहनी र शाह सांसद बन्नबाट बंचित भएका हुन् ।

राप्रपाको महाधिवशेनमा लोहनीको साथ पाएका अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई सांसद बनाउने अनुमान थियो । तर, पार्टीलाई समावेशी बनाउनुपर्ने दबावपछि उनले तामाङको पक्षमा निर्णय लिएका हुन् । तामाङ समेत पूर्व गृहमन्त्री हुन् ।

यसअघि राप्रपाको बन्द सूची बुझाउने क्रममा समेत लोहनीले आफ्नो नाम एक नम्बरमा राख्नुपर्ने बताएका थिए । तर, अर्का नेता राणाले नमानेपछि कार्यसम्पादनको बैठकमै भोटिङ भएको थियो । जसमा राणाको बढी मत आएपछि उनको नाम एक नम्बरमा राखिएको थियो ।