एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न सक्दैँनः माधव नेपाल

एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न सक्दैँनः माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हालको सरकारले आत्मसमीक्षा गरेर अघि बढ्नु पर्ने बताएका छन् ।

आइतवार काठमाण्डुमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले आफ्ना कमीकमजोरी हटाएर अघि बढन सरकारलाई सुझाव दिएका हुन् ।

‘सरकारले आफूलाई समीक्षा गर्दै अघि बढ्नु पर्दछ । एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न सक्दैन । गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन । संघीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन । त्यो स्पष्ट छ । संविधानले प्रदत्त गरेको अधिकारहरू जनताले उपयोग गर्न सकुन । सबै पालिकामा जनताले के के न्यूनतम सुविधा पाउनुपर्ने हो, त्यो सबैले मनन् गर्न जरुरी हुन्छ । महिला हिंसामुक्त पालिका होस् । छुवाछुत मुक्त मेरो पालिका हुन् ।’, अध्यक्ष नेपालले भने ।