हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न अमेरिकालाई चीनको चेतावनी

हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न अमेरिकालाई चीनको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चीनले अमेरिकालाई हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न आह्वान गरेको छ । मानवअधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैरजिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने उसले दोहो¥याएको छ ।

हङकङमा मानव अधिकारको स्थिति र विधिको शासनलाई लिएर अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता तथा केही अमेरिकी विधायकले गरेको गैरजिम्मेवारपूर्ण टिप्पणीप्रति आपत्ति जनाउँदै चिनियाँ विदेश मन्त्रालयको आयुक्तको कार्यालयले आइतबार जिमी लाइको ठगी मुद्दा कानुनमा आधारित निर्णय भएको स्पष्ट गरेको छ ।

कानुनको शासन हङकङको समृद्धि र स्थायित्वको आधारशिला भएको स्पष्ट गर्दै हङकङ अदालतले जिमीविरुद्धको मुद्दामा गरेको सुनुवाइ पूर्णतया वैधानिक एवम् पारदर्शी रहेको आयुक्तको कार्यालयका प्रवक्ताले बताएका छन् ।

“कानुनभन्दा माथि कोही पनि हुँदैन, जिमी लाइको ठगी मुद्दामा प्रमाण स्पष्ट छ, त्यो आपराधिक मुद्दा हो, ” हङकङमा चीन विरोधी शक्तिलाई समर्थन नगर्न सुझाउँदै प्रवक्ताले भनेका छन् ।

निष्पक्षता, न्याय र विधिको शासनका निम्ति आफू अग्रपङ्तिमा रहेको दाबी गर्ने अमेरिकाले अपराधीलाई मानवअधिकारका नाममा संक्षरणको प्रयास गर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी उनले गरेका छन् । साथै उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आह्वान पनि गरेका छन् ।