रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहा गर्न अध्यादेश ल्याइएकाे हाे : सरकार

रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहा गर्न अध्यादेश ल्याइएकाे हाे : सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी अध्यादेश ल्याएको बताएको छ ।

सोमबार मन्त्रिपरिषदका निर्णय सुनाउने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले मुलुकको आन्तरिक एकताका लागि सहज वातावरण बनाउन तथा सबैलाई काम गर्न दिने मनसायका साथ रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी अध्यादेश ल्याएको बताएका हुन् ।

यस किसिमका अध्यादेश यो भन्दा अघिका सरकारले पनि जारी गरेको उनको भनाइ छ । ‘मुलुकलाई आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनसायका साथ मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न अराजनैतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मुल धारमा ल्याउने उद्देश्यका साथ यो अध्यादेश सम्माननीय राष्ट्रपतिमा सिफारिस गरेका छौँ । यस किसिमका अध्यादेश यो भन्दा अघिका सरकारले पनि अध्यादेश जारी गरेको छ । यस किसिमले माफी दिने सहमति गरेको छ ।’, उनले भने ।