सत्ता गठबन्धनमा रहेको जनमोर्चाले भन्यो- बहुमत पुर्‍याउन अपराधीलाई प्रयोग गर्ने कार्य गलत

सत्ता गठबन्धनमा रहेको जनमोर्चाले भन्यो- बहुमत पुर्‍याउन अपराधीलाई प्रयोग गर्ने कार्य गलत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीलाई जेलमुक्त गर्न अध्यादेश ल्याएको भन्दै सरकारको विरोध गरेको छ। जनमोर्चाले नयाँ सरकार गठनमा बहुमत पुर्याउने उद्देश्यले चौधरीलाई जेलमुक्त गर्न खोजिएको भन्दै बिरोध गरेको हो ।

मंगलबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न अपराध वा अपराधीलाई प्रयोग गर्ने कार्यले दण्डहीनता बढ्ने उल्लेख गरे ।

‘सरकारले टिकापुर जघन्य हत्याकाण्डमा संलग्न रेशम चौधरीलाई जेलमुक्त गर्नका लागि फौजदारी कार्यविधि संहितामा परिवर्तन गर्न अध्यादेश ल्याउन राष्ट्रपतिकोमा सिफारिस गरेको कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सरकार बनाउन बहुमत पुर्‍याउने उद्देश्यले दण्डहीनतालाई प्रश्रय दिन अध्यादेश ल्याउन सरकारले गरेको निर्णय गलत छ ।’, उनले भने ।