पुस ५ मा एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदलाई प्रशिक्षण दिने

पुस ५ मा एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदलाई प्रशिक्षण दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुको भेला बोलाएको छ ।

एमाले नेता तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पुस ५ गते काठमाण्डुको कमलादीमा भेला आयोजना गरिएको हो । उनले प्रतिनिधि सभासहित सातै प्रदेशका सांसदहरुलाई भेलामा सहभागिताका लागि पत्राचार गरिएको जानकारी दिए । भेलामा सहभागीहरुलाई पार्टीका शीर्ष नेताहरुले प्रशिक्षण दिने जनाइएको छ ।

नेकपा एमालेबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ जना निर्वाचित भएका छन् भने प्रदेश सभामा दुवै निर्वाचन प्रणालीबाट १६१ जना निर्वाचित भएका छन् ।