प्रधानमन्त्री प्रचण्डलाई बनाउने सहमतिः एमालेलाई राष्ट्रपति र सभामुख

प्रधानमन्त्री प्रचण्डलाई बनाउने सहमतिः एमालेलाई राष्ट्रपति र सभामुख


काठमाण्डु- नयाँ सरकारको प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाउने सहमति भएको छ।

आइतबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको ओलीको सचिवालयले जनाएको छ । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिने पनि सहमति भएको छ ।

सहमतिको ड्राफ्ट बनाउने कार्य भइरहेको छ । सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको माओवादी नेता वर्षमान पुनले बताए।

प्रचण्डलाई सरकार बनाउन एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको छ ।