काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन् ।
आइतबार राति प्रचण्डलाई ट्वीटरमार्फत मोदीले बधाई दिएका हुन् । उनले प्रचण्डसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गरेका छन्। मोदीले भारत र नेपालबीच रहिआएको जनता–जनता बीचको सम्बन्धलाई पनि स्मरण गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा ‘प्रचण्ड’तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रचण्डलाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
नवनियुक्त प्रधानमन्त्री दाहाललाई उत्तरी छिमेकी चीनले पनि बधाई दिएको छ । काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ताले ट्वीटमार्फत प्रचण्डलाई बधाई दिएका हुन् ।
Warmest congratulations @cmprachanda on being elected as the Prime Minister of Nepal. The unique relationship between India & Nepal is based on deep cultural connect & warm people-to-people ties. I look forward to working together with you to further strengthen this friendship.
— Narendra Modi (@narendramodi) December 25, 2022




प्रतिक्रिया