काठमाण्डु- पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । सोमबार देउवाले माओवादी पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर प्रचण्डलाई बधाई दिएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सबैभन्दा ठूलो दल कांग्रेसलाई संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आग्रह गरेकी थिइन् । कांग्रेसले सरकार गठन गर्न नसकेपछि दोस्रो ठूलो दल नेकपा एमालेले सरकार गठनमा भूमिका खेलेको हो । सोमबार साँझ राष्ट्रपति भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।




प्रतिक्रिया