उपप्रधानसहित गृहमन्त्रीमा मेरो दाबी हो, कुन मन्त्रालय दिने भन्ने निर्णय प्रधानमन्त्रीले गर्नेछन्ः रवि लामिछाने

उपप्रधानसहित गृहमन्त्रीमा मेरो दाबी हो, कुन मन्त्रालय दिने भन्ने निर्णय प्रधानमन्त्रीले गर्नेछन्ः रवि लामिछाने


काठमाण्डु- राष्ट्रिय स्वतनत्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानसहति गृहमन्त्रीमा आफूले दावी गरेको बताएका छन् । सोमबार वानेश्वरमा भएको सत्ता गठबन्धनको छलफलपछि प्रतिक्रिया दिँदै लामिछानेले आफूले उपप्रधानसहति गृहमन्त्रीमा दावी गरेको बताएका हुन् ।

यद्यपि कसलाई कुन मन्त्रालय दिने भन्ने टुंगो प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले लगाउने उनको भनाइ छ । ‘सत्ता साझेदारी हुने, सघाउने भन्ने हाम्रो निर्णय थियो, भोट माग्दा यी एजेण्डालाई साझा बनाउन सकिन्छ भन्ने थियो। जिम्मेवारी वाँडफाँटका सवालमा प्रधानमन्त्रीलाई जिम्मा छोडेका छौं । मेरो दावी भनेको उपप्रधानसहित गृहमन्त्रीमा हो ’

उनले आफूहरुको सर्त भ्रष्टाचारविरुद्ध आयोग बनाउने, विदेशमा रहेकाको भोटिङ राइटका साथै सामाजिक आर्थिक सहयोगका बारेमा रहेको र त्यो प्रतिवद्धतामा गठबन्धनमा सहमति जुटेकोसमेत दावी गरेका छन् ।

मंसिर ४ गते भएको संघीय चुनावमा रास्वपाले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ गरि २० सिट जितेको छ ।