काठमाण्डु- पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार छाड्ने भएका छन् । गत आइतबार प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएपनि निवर्तमान प्रधानमन्त्री देउवाले बालुवाटार छाड्न ढिला गरेका हुन् ।
देउवाले नयाँ घर नभेटेकाले बालुवाटार छाड्न ढिला भइएको जनाइएको छ । आज धुम्बाराहीमा नयाँ घर भेटिएको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए । त्यहाँ सर्नका लागि केहि तयारी गर्नु पर्ने भएकाले देउवा अझै दुई दिन भने बालुवाटारमा नै बस्न पर्ने उनको भनाइ छ ।
बुढानिलकण्ठस्थित देउवाको घरमा निर्माण कार्य भैरहेकोले अहिले देउवालाई भाडाको घरमा बस्नु परेको जनाइएको छ । देउवाले बालुवाटार नछाडेकाले नवनियुक्त प्रधानमन्त्री प्रचण्ड भने आफ्नै निवास खुमलटारमा बसेका छन् ।




प्रतिक्रिया