लेखराज भट्टविरुद्धको अनर्गल प्रचारप्रति माओवादीको आपत्ति

लेखराज भट्टविरुद्धको अनर्गल प्रचारप्रति माओवादीको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी– प्रदेशको राजधानीका विषयलाई लिएर नेकपा माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टविरुद्ध डोटीमा गलत प्रचार गरेर प्रदर्शन भएको भन्दै सो पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

 

 

 

माओवादी केन्द्र ७ नम्बर प्रदेश प्रचार–प्रसार विभागले प्रेस विज्ञप्ति जारी गर्दै अस्थायी राजधानी तोक्ने विषय नितान्त वर्तमान सरकारको भएको भन्दै त्यसमा इन्चार्ज भट्ट र पार्टीको कुनै भुमिका र सहमति नरहेको जनाएको छ।

 

 

विभाग प्रमुख ओमबिक्रम भाट सरलद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेशको राजधानीको विषयमा माओवादी पार्टी र नेता भट्टले जनताको भावनामा आँच आउने गरि अभिव्यक्ति नदिएको जनाइएको छ।

 

 

‘प्रदेश राजधानीका विषयमा छलफल र बहस गर्ने विषय स्वाभाविक हो। त्यसलाई अन्यथा लिइनु हुुँदैन, तर प्रदेशको स्थायी राजधानी कहाँ राख्ने भन्ने निर्णय गर्ने अधिकार केवल सार्वभौम प्रदेश सभाको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसकारण अहिले तरङ्गित नहुन र हल्लाको भरमा नपर्न सबैमा विनम्र अनुरोध गर्दछौं।’

 

 

यस्तै विज्ञप्ती मार्फत नै माओवादी केन्द्रले दिपायलमा भइरहेको आन्दोलनलाई तत्काल वार्ता र संवाद मार्फत समस्याको समाधान खोज्न र प्रतिनिधि सभा र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिसँग परामर्श गरी प्रदेश नम्बर ७ को सम्पूर्ण जनताको मनोभावना अनुसार अस्थायी राजधानी तोक्नुपर्ने सरकारसँग माग गरेको छ।