काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा आप्रवासन नीतिका प्रमुख योजनाकार स्टिफन मिलरलाई ह्वाइट हाउसको नयाँ चिफ अफ स्टाफ नियुक्त गरेका छन् ।
मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि ट्रम्पले प्रशासनमा गरेको यो नियुक्तिलाई थप आक्रामक नीतिको संकेतका रूपमा हेरिएको छ ।
४१ वर्षीय मिलरले सुसी वाइल्सको स्थान लिनेछन् । ट्रम्पका निकट सहयोगी मिलर दोस्रो कार्यकालमा अघि बढाइएको बृहत् देशनिकाला अभियानका प्रमुख योजनाकारसमेत हुन् ।
मिलरको नियुक्तिप्रति डेमोक्रेटिक पार्टीका नेता चक शुमरले आलोचना गर्दै उनका कठोर नीतिको विरोध गर्ने बताएका छन् ।
ट्रम्पले भने मिलरलाई सुरुदेखिकै विश्वासिलो र उत्कृष्ट सहयोगी भन्दै प्रशासनमा परिवर्तन आवश्यक रहेको बताएका छन् । यसैबीच, उनले ह्वाइट हाउसमा थप कर्मचारी परिवर्तन हुन सक्ने संकेतसमेत गरेका छन् ।


प्रतिक्रिया