काठमाडौंमा भेला भएका सैनिक गुप्तचरको सम्मेलनबाट के भयो निर्णय ? 

काठमाडौंमा भेला भएका सैनिक गुप्तचरको सम्मेलनबाट के भयो निर्णय ? 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेना र युस इण्डो प्यासेफिक कमाण्डको संयुक्त आयोजनामा संचालन भएको एसिया प्यासिफिक इण्टिलेजेन्स चिफ कन्फेर्सको समापन भएको छ । भदौ १७ बाट सुरु भएको ११ औं सम्मेलनको बुधबार नेपाली सेनाका बलाध्यक्ष रथी हेमन्त राज कुँवरले होटल हायतमा एक समारोहका बीच समापन गरेका हुन् ।

नेपालमा पहिलो पटक सञ्चालन भएको उक्त कन्फरेन्समा अस्ट्रेलिया, अमेरिका, बंगलादेश, बु्रनाई, बेलायत, कम्बोडिया, क्यानडा, फिजी, फ्रान्स, ईन्डोनेशिया, जापान, कोरिया, मलेशिया, मंगोलिया, नेपाल, न्यूजिल्याण्ड, पपुवान्यूगिनी, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड, टिमोर—लेस्ते, टोंगा, भियतनाम गरी जम्मा २३ राष्ट्रहरुका उच्च तहका सैनिक अधिकृतहरुको सहभागिता रहेको थियो ।

कन्फरेन्समा सहभागी मित्रराष्ट्रहरुका रथीबृन्द तथा अधिकृतहरुलाई नेपालको पर्यटकीय स्थल स्याङबोचे, पाटन दरवार स्क्वायर र स्वयम्भूनाथको अवलोकन भ्रमण गराईएको थियो । सन् २००७ मा मलेशियाबाट सुरुवात भएको यस सम्मेलनको बाह्रौ संस्करण आगामी वर्ष फिलिपिन्समा हुने तय भएको छ ।

बहु-राष्ट्रिय संयुक्त कन्फरेन्सले वर्तमान र भविष्यमा उत्पन्न हुन सक्ने रणनैतिक सुरक्षा चुनौतिको समाधानको लागि अन्तर्राष्ट्रिय स्तरमा भेटघाट, छलफल र समन्वयद्वारा पेशागत विशेषज्ञता आदान–प्रदान हुन गई सैनिक गुप्तचरको क्षमतामा थप अभिबृद्धि गर्न मद्धत पुग्नुको साथै मित्र राष्ट्रहरुसँगको सैनिक सम्बन्ध अझ मजबूत र प्रगाढ भएको विश्वास नेपाली सेनाले लिएको छ ।

समापन समारोहमा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।