काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।
आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रचण्डसँग नेपाल र यादवले भेटवार्ता गरेको हो । नेपाल र यादवलाई विश्वासको मत दिन प्रचण्डले आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने भएपछि नेपाल र यादवले भेटघाट गर्न गएका हुन् ।
नेपाल र यादवलाई प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागि हुन पनि आग्रह गरेका छन् ।




प्रतिक्रिया