भित्रभित्रै प्रचण्ड र बाबुरामबीच यस्तो भएको छ सहमति

भित्रभित्रै प्रचण्ड र बाबुरामबीच यस्तो भएको छ सहमति


काठमाण्डु- नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीबीच एकता हुने भएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच पार्टी एकता गर्ने सहमति भएको हो ।

शनिबार डा. भट्टराई प्रचण्ड भेट्न बालुवाटार पुगेका थिए । उक्त भेटवार्तामा यी दुई नेताबीच पार्टी एकता गर्ने सहमति जुटेको हो । जसअनुसार डा. भट्टराई आफ्नो पार्टीसहित नेकपा माओवादीमा फर्किने भएका छन् । नेकपा माओवादी केन्द्र छाडेको सात वर्षपछि डा भट्टराई माओवादीमै फर्कन लागेका हुन् ।

यता शनिबार बसेको माओवादी केन्द्रको सचिवालय बैठकले फास्ट ट्याक विधिबाट दुई पार्टी एकता गर्ने र प्रचण्डपछिको दोस्रो वरीयतामा रहेर डा. भट्टराईलाई पार्टी काममा लगाउने गरी प्रकृया अघि बढाइसकेको छ ।

प्रचण्डपछिको दोस्रो वरीयता स्वीकार गरेर डा. भट्टराई माओवादीमा आउन सहमत भएका जनाइएको छ । त्यस्तै माओवादीको नाम नेकपा समाजवादी राख्न प्रचण्ड र बाबुराम सहमत भएका स्रोतको दावी छ ।

मंसिर ४ गते भएको संघ र प्रदेशसभाको निर्वाचन अघि नै यी दुई नेता पार्टी एकताको लागि निरन्तर छलफलमा जुटेका थिए । मंसिर ४ को चुनावमा डा. भट्टराईले आफूले चुनाव नलडेर प्रचण्डले आफ्नो क्षेत्रबाट चुनावमा उठाएका थिए ।