प्रदेश-१ को भागबण्डामा माओवादीको असन्तुष्टि, एमाले नेतृत्वको सरकारमा सामेल नहुने

प्रदेश-१ को भागबण्डामा माओवादीको असन्तुष्टि, एमाले नेतृत्वको सरकारमा सामेल नहुने


काठमाण्डु- नेकपा माओवादी केन्द्र प्रदेश १ ले सत्ता साझेदार दलको केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।

केन्द्रीय नेतृत्वले भागबण्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री पूर्ण कार्यकाल एमालेलाई दिने सहमति गरेपछि नेकपा माओवादी केन्द्र असन्तुष्ट बनेको हो । त्यस्तै प्रदेश १ मा एमाले नेतृत्वको सरकारमा सहभागी नहुने समेत जनाएको छ ।

माओवादी नेताहरुले प्रदेश १ को मूख्यमन्त्रीमा आलोपालो हुनुपर्ने माग राखेको थियो । आइतबार माओवादीसहितका दलको समर्थनमा नेकपा एमालेका हिक्मत कार्की प्रदेश मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् ।

आधा आधा कार्यकाल हुनुपर्ने माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले बताएका छन् ।