प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसको ‘ग्रिन सिग्नल’

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसको ‘ग्रिन सिग्नल’


काठमाण्डु- पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने संकेत गरेका छन् ।
सोमबार साँझ आफूलाई विश्वासको मत माग्न देउवाको निवास पुगेका थिए ।

पुस १० मा नेपाली कांग्रेसको नेतृत्वमा बनेको पाँच दलीय गठबन्धन भत्किएपछि पहिलो पटक देउवासँग भेटवार्ता गरेका प्रचण्डले मंगलबार आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

देउवाको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल सकारात्मक रहेको छ । प्रचण्डले आफूलाई विश्वासको मत दिन आग्रह गरेपछि देउवाले विश्वासको मत दिने संकेत गरे ।

देउवाले मंगलबार पार्टीभित्र छलफल गरेर निर्णय गर्ने आश्वासन दिएका छन् । जसअनुसार देउवाले छलफलका लागि पार्टीका शीर्ष नेताहरूलाई मंगलबार आफ्नो निवास धुम्बाराहीमा बोलाएका छन् ।