काठमाण्डु – नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बस्नु अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने,नदिनेबारे छलफल गर्न दलको बैठक बस्न लागेको हो।
त्यसअघि कांग्रेसको पदाधिकारीको समेत बैठक बस्दैछ। २७५ सदस्यीय प्रतिनिधिसभामा १६९ सांसदले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निश्चित भएपनि प्रमुख प्रतिपक्ष भनिएको कांग्रेस अनिर्णित छ। कांग्रेसभित्र प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष छ। कोइराला समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ।




प्रतिक्रिया