काठमाण्डु – नेकपा (एकीकृत समाजवादीले) सरकारलाई ससर्त विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वलाई विश्वासकाे मत दिने उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।
‘केन्द्रीय सचिवालयको ४६ औं बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ,सर्तसहित यो सरकारलाई विश्वासको मत दिइन्छ। ’ उनले भने ।
प्रतिनिधिसभामा नेकपा एसका १० सदस्य छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।




प्रतिक्रिया