काठमाण्डु – प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेसम्मका लागि सरेको छ । ११ बजे बस्ने भनिएको बैठक दलहरूका संसदीय दलका बैठकहरूका कारण पछि सारिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाकाे बैठकमा विश्वासको मत लिँदैछन्। प्रचण्ड नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसहित केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्।
प्रधानमन्त्री नियुक्त भएकाे ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासकाे मत ल्याउनुपर्ने प्रावधान रहेकाे छ।




प्रतिक्रिया