लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत दिने भएको छ।

मंगलबार काठमाडौंमा बसेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सांसद शरदसिंह भण्डारीले बताए । प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद छन् ।

यसअघि मंगलबारै नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले पनि सरकारलाई विश्वासको मत दिने निर्णय लिएको थियो।