सभामुखको निर्वाचन माघ ५ गते हुने

सभामुखको निर्वाचन माघ ५ गते हुने

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  प्रतिनिधिसभाको सभामुख चयनको निर्वाचन ५ माघमा हुने भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आउँदो माघ ५ गते बिहीबार सभामुख पदको निर्वाचन हुने जानकारी दिएका हुन् ।

यसका लागि ३ माघमा सभामुख पदको निर्वाचन सूचना प्रकाशित गर्न संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई उनले निर्देशन पनि दिएका छन् । साथै ५ माघ बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेगरी स्थगित गरिएको छ ।