कर्णालीको मुख्यमन्त्रीमा आलोपालो गर्न एमाले र माओवादी सहमत

कर्णालीको मुख्यमन्त्रीमा आलोपालो गर्न एमाले र माओवादी सहमत


काठमाण्डु – कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन् ।

एमाले पार्टी कार्यालय वीरेन्द्रनगरमा बिहानैदेखि छलफलमा जुटेका नेकपा माओवादी केन्द्र र एमालेका नेताहरुबीच यस्तो सहमति भएको हो ।

अब कर्णालीमा सुरूमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई र त्यसपछिको अर्को चरणमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेतृत्व गर्ने माओवादी कर्णालीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

सहमतिसँगै दुवै दलका नेताहरू प्रदेश प्रमुखको कार्यालयमा गएर माओवादी संसदीय दलका नेता शर्माले दावी पेस गरेका छन् । प्रदेश प्रमुख तिलक परियारले अपराह्न ५ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेअनुसार शर्माले दाबी पेस गरेका हुन् ।

४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन न्यूनतम २० सिट चाहिन्छ । जसमा माओवादीको १३ र एमालेको १० सिट हुँदा पनि सरकार बन्छ भने राप्रपाको एक सिट सहित २४ सिट हुन्छ । हिजो दिउँसो एमालेको संसदीय दलको बैठकले सरकारमा जाने नजाने विषयको निर्णय गर्ने जिम्मा संसदीय दलका नेता यामलाल कँडेललाई दिइएको छ ।