धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेले दाबी पेश गरेको छ। बुधबार सुदूरपश्चिममा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्री दाबी पेश गरेका छन्। उनले नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन्।
नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा रावललाई अन्तिम समयमा आएर समर्थन गरेको हो।
मुख्यमन्त्रीको दाबी पेश गर्ने समय आज साँझ ५ बजेसम्म मात्र तोकिएको थियो। ५३ सदस्यीय प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्। बहुमतका लागि यहाँ २७ जना सांसदको समर्थन भए पुग्छ।




प्रतिक्रिया