कर्णालीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका शर्मा नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका शर्मा नियुक्त


काठमाण्डु – कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता राजकुमार शर्मा नियुक्त भएका छन् ।

बुधबार अपराह्न प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्माले आजै २५ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १, एकीकृत समाजवादी १ सांसदले समर्थन गरेका छन् ।