काठमाण्ड- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार साँझ ओली निवास बालकोटमा दुई नेताबीच भेटवार्ता भएको हो । आज भएको भेटवार्तामा आगामी यात्रा र सरकार विस्तारबारे छलफल भएको जनाइएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पचण्डले विश्वासको मत पाएका छन् । विश्वासको मत पाएको २४ घण्टा नवित्दै प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका हुन् । आज प्रचण्डले विशेष गरेर प्रचण्डले ओलीसँग मन्त्रिपरिषदलाई पुर्णता दिनेबारे छलफल गरेका छन् ।




प्रतिक्रिया