भोलि बस्ने राष्ट्रिय सभा बैठकको यस्तो छ कार्यसूची

भोलि बस्ने राष्ट्रिय सभा बैठकको यस्तो छ कार्यसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दै छ । शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

एक बुँदे सार्वजनिक सम्भावित कार्यसूचीका अनुसार संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक माननीय खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यक्रम रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।