गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । प्रदेश सभामा आज बसेको बैठकमा अधिकारीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित गरेको हो।

नेकपा एमालेका २२, माओवादी केन्द्रका ७ र राप्रपाका २ गरी ३१ जना सांसदले खगराजको पक्षमा मत हालेका छन् भने नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका छन् । स्वतन्त्र निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) अनुपस्थित भएका हुन् ।

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।